• कुन जिल्लामा कहिलेसम्मलाई थपियो निषेधाज्ञा ? [सूचीसहित]

  • काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा थप खुकुलो पार्दै एक साता थपिएको छ । काठमाडौं उपत्यकामा आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ ।

    यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    विभिन्न जिल्लामा पछिल्लोपटक थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरु खोल्ने समय परिवर्तन गरिएको छ । त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ ।

    थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्न सम्बन्धित जिल्लाका अधिकारीहरूले आग्रह गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय