काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका माओवादीका स्थानिय तहका जनप्रतिनिधीलाई कारवाही गर्नका लागि माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक अहिले विहान ९ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।
‘छोटो केन्द्रीय समितिको बैठक बस्छ, खासगरी पार्टी छोडेका जनप्रतिनिधीहरुलाइ कारवाहीको प्रक्रियाका लागि मात्र केन्द्रीय समिति बैठक बस्न लागेको हो,’ माओवादी केन्द्रका केन्द्रीय नेताहरुको भनाई छ ।
रौतहट जिल्लाका विभिन्न स्थानिय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरु प्रभु शाहहरुसँगै एमालेतिर लागेपछि उनीहरुलाई कारवाही गरेर पदमुक्त गराउनका लागि माओवादीले केन्द्रीय समितिको बैठकबाट निर्णय लिन लागेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।