• कांग्रेसले ६ असारसम्ममा क्रियाशील सदस्यको टुंगो लगाउने

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६ असारसम्ममा क्रियाशील सदस्यता विवादबारे टुंगो लगाउने भएको छ । कांग्रेसले ६ असारसम्ममा पार्टीको मापदण्डअनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने दाबी गरेको हो ।

    कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन प्रभावित नहुने स्पष्ट पारेका छन् । उनले क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर छिट्टै अन्तिम नामावली निकालिने जानकारी दिए ।

    ‘६ असारसम्म उजुरी दिन समय राखेका छौँ । गुनासाहरू आएका छन् । भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ’ उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस