जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
पार्टी विभाजनको अवस्थामा पुगेको जसपाको यादव पक्षको बैठकले निर्वाचन आयोगले दिएको निर्णयबारे छलफल गरी निष्कर्षण निकाल्ने छ ।
यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि कारबाही गरेको पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।
बैठकमा जसपाको वैधानिकता दाबी गर्ने विषयमा निर्वाचन आयोगसँग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।
आज विहान ११ बजेपछि बस्ने बैठकलाई ठाकुर पक्षले भने अस्वीकार गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय