![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Sindhupalchok.jpg)
सिन्धुलीमा सुनकोसी नदीले बगाएर ल्याएको तीनवटा शव भेटिएका छन् । सुनकोसी गाउँपालिकाको मुलकोट, कानढुङ्ग्रे र फिक्कल गाउँपालिकाको रत्नावतीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मुलकोटमा भेटिएकाे शव २५ देखि ३० वर्षीय चिनियाँ पुरुषकाे हुनसक्ने प्रहरीको अनुमान छ । थप पुष्टिका लागि आफन्तहरू आउँदै गरेको प्रहरी कार्यालयले बताएको छ । अन्य दुई जनाकाे सनाखत हुन बाँकी छ ।
फेला परेका तीन वटै शव सिन्धुपाल्चोकबाट आएको बाढाीले बगाएर ल्याएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय