• गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव – फुकेर चल्नोस्, सोचेर बोल्नोस्

  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई शुभकामना सन्देश पठाउँदै संवेदनशील समय भएकाले सही निर्णय गर्न सुझाव दिएका छन् ।

    ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ,’ शर्माले ट्विटरमार्फत भनेका छन्, ‘फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्, समय संवेदनशील छ !’

    कृष्णचन्द्र मुख्यमन्त्री भएपछि बसेको पहिलो क्याबिनेटले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको भन्दै आलोचना भएपछि कांग्रेस प्रवक्ता शर्माको यस्तो सुझाव आएको छ ।