• पूर्वसांसद हरिभक्त अधिकारीको निधन

  • नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

    विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

    उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

    विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय