• नीति तथा कार्यक्रम पास गर्न बागमतीमा एमाले एकढिक्का

  • काठमाडौं। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का हुने भएको छ ।

    प्रदेश संसदीय दलमा मुख्यमन्त्री डोरमणि पौडेल र माधवकुमार नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेशसभा सदस्यहरुलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

    नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिए।

    उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

    उनका अनुसार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अनुरोध गरिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय