• बहुमत सांसदको हस्ताक्षर सहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी

  • पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेस गरेका छन् ।

    पोखरेललाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन् ।

    उनले ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय पुगेका प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।

    उनले आफूहरु सशरीर उपस्थित भएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । प्रदेश प्रमुख पौडेलले आफूले दाबीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् ।

    No description available.

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय