• गुण्डा नाइके गणेश लामा पक्राउ

  • पोखरा । गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ परेका छन् । गण्डकीका सांसद दिपक मनाङेसँग भेट गर्न पोखरा पुगेका लामालाई प्रहरीले सोधपुछका लागि भन्दै पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि भन्दै राखिएको छ ।

    मनाङे बुधबारसाँझ प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिदा विपक्षीलाई साथ दिने भन्दै सम्पर्कबिहीन भएका थिए ।

    बिहीबार उनी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिँदा उपस्थित भएनन् । उनी प्रदेशका मन्त्री समेत हुन् । मनाङेले मत दिएमा गण्डकीमा विपक्षीको सरकार बन्ने निश्चित छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय