बुधबार बोलाइएको एमाले स्थायी कमिटी बैठक बिहीबार अर्थात आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बालुवाटारमा हुने सबै बैठकमा सहभागी नहुने एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही नेताहरूलाई समेत स्थायी कमिटी बैठकमा बोलाइएको छ ।
नेपाल खनाल समूहका केही नेताहरूलाई पार्टीमा फर्काउन अधिकतम पहल सुरु भएको छ । बुधबार नै सत्तारुढ नेकपा एमाले विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका थिए । एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ ।
यता नेपाल खनाल समूहले पनि बिहीबार आफ्नो पक्षका केन्द्रीय कमिटीका सदस्यसँग छलफल गर्दै छ । बिहा ११ बजे जुम मार्फत बैठक डाकिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।