• सकियो नेपाली सेनाको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम

  • काठमाडौं । नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको १३ औं समूहको ‘हायर कमान्ड तथा म्यानेजमेन्ट’ तालिम आज सकिएको छ । नेपाली सैनिक वार कलेजमा सञ्चालित गत फागुन २२ गतेदेखि सञ्चालन भएको महासेनानी दर्जा दर्जाका अधिकृत सहभागी तालिममा दुई महिलासहित ३५ जना शिक्षार्थीको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् । नेपाली सेनाका मुलुकभित्र सञ्चालन हुने माथिल्ला अधिकृत सम्मिलित उक्त तालिमको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरे । त्यस अवसरमा प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले विक्रम संवत् २०७१ देखि सञ्चालन हुँदै आएको उक्त तालिमका विविध पक्षबारे जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस