• बुटवलका दुई फरक स्वादको गन्तव्य: ९४ कटेज र ९४ चिया पसले

  • बुटवल ।

    नेपाली परम्परागत शैलीमा निर्माण गरिएका दुई क्याफे ९४ कटेज र ९४ चिया पसले बुटवलमा लोकप्रिय गन्तव्य बन्दै गएका छन् । बुटवल ११, कालिकानगर र होराइजन चोकमा अवस्थित यि दुई क्याफेहरु युवा व्यावसायी २५ वर्षीय जीवन कुँवरको नेतृत्वमा सञ्चालनमा छन् ।

    यि क्याफेहरु नेपालकै मौलिक स्वाद र संस्कृति झल्काउने शैलीमा निर्माण गरिएको छ । खर र बाँसको प्रयोगले बनाइएको क्याफे संरचना खुला वातावरणमा रमाउन चाहने ग्राहकका लागि विशेष आकर्षणको स्थान बनेको छ । “हामीले क्याफे चलाउने नाममा विदेशी शैली हुबहु नक्कल गर्ने होइन, आफ्नो मौलिकता पनि देखाउने प्रयास गरेका छौँ, जीवन कुँवर भन्छन् । ”

    ९४ कटेज र ९४ चिया पसले दुबैमा पसलको संरचना मात्र होइन, मेनुमा पनि मौलिकता देखिन्छ । रातो भाले, सेकुवा र नेपाली खाजा जस्ता परिकारहरुले नेपाली स्वादमा हराउने मौका दिन्छ ।

    जिवन कुँवरले करिब दुई करोड रुपैयाँ लगानी गरी सुरु गरेका यी क्याफेहरुमा अहिले ३९ जना नेपाली युवाहरुले रोजगारी पाएका छन् । विदेशमा पसिना बगाएर मात्र सफल हुन सकिन्छ भन्ने सोचलाई चुनौति दिदैँ कुँवर भन्छन्,“देशमै मेहनत गर्यो भने केहि गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु । मैले विदेश जाने सोच नलिएर यही केहि गर्न सकिन्छ भन्ने अठोटका साथ मैले काम सुरु गरे ताकि अरु युवाहरुलाई पनि प्रेरणा मिलोस् । ”

    ९४ कटेज र ९४ चिया पसले फेसबुक, इन्स्टाग्राम, गुगल र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत पनि सक्रिय छन् । विद्यार्थी, युवा तथा फेमिलि ग्राहकलाई लक्षित गरेर उनीहरुले डिजिटल माध्यमबाट नियमित सम्पर्क र प्रवद्र्धन गरिरहेका छन् । रमाइलो वातावरण, स्वादिलो खाना र फोटो खिच्न मिल्ने आकर्षक व्यवस्थापनले गर्दा यी क्याफेहरु सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् । “हामीजस्ता युवाले विदेश जाने विकल्प मात्र होइन, नेपालमै केहि गर्न सकिन्छ भन्ने उदाहरण दिनुपर्छ,” उनि भन्छन् ।

    संस्कृति, स्वाद र सम्भावनको संगम भएको यि क्याफेहरु बुटवलबासीका लागि मात्र होइन, अन्य शहरका आगन्तुकका लागि पनि एउटा अविस्मरणीय अनुभव बन्ने सम्भावना बोकेको छ । जिवन कुँवरजस्ता युवाहरुको सोच र पहलले देशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस