

पाल्पा | न्यायिक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा नं.६ विजयपुरमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण विवाद लगायत अपराधिक घटना बढ्दै गएको बताउनुभयो । साथै जनचेतना र नैतिक ज्ञानकाे कमीका कारण पछिल्लो समय अपराधिक घटना घटिरहेको बताउनुभयो । यस्तै नगरपालिका भित्र हुने विभिन्न विवादले नगरबासीलाई नै असर पुर्याउने भन्दै विवादलाई कानुनी रुपमा छलफलकाे माध्यमबाट समाधान गर्न आवश्यक रहेकाे बताउनुभयो ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले विवादले समाजिक मेलमिलापलाई असर पार्ने बताउनुभयो । उहाँले नगरपालिका भित्र भएका विभिन्न विवादलाई मेलमिलापको माध्यमबाट निरुपण गर्दै आएकाे भन्दै न्यायीक समितिकाे क्षेत्राधिकार भित्रका विवादलाई न्यायपूर्ण रुपमा निरुपण गर्दै आएको बताउनुभयो ।यसैगरी रामपुर नगरपालिका वडा नं.६ का वडा अध्यक्ष दिवाकर देवकोटाले मेलमिलाप सहितकाे शान्त समाज निर्माणका लागि सबै सजग हुन आवश्यक रहेकाे बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक राम बहादुर नेपालीले विभिन्न अपराध,लागु औषध,सडक सुरक्षा,साईबर क्राईम,यसको कानुनी उपचारका विषयमा सहजीकरण गर्नुभएको थियाे ।यस्तै न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गर्नुभएको थियो ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयाेजक बाल कुमारी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । न्यायिक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।
कार्यक्रमका अवसरमा लाेकनाथ उपाध्याय रेग्मीद्वारा लिखित काव्यसंग्रह तिर्थाटन पुस्तक लाेकार्पण गरिएकाे थियाे । साथै स्वर्गीय लाेकनाथ उपाध्याय रेग्मीकाे स्मृतिमा स्थापित अक्षयकोषबाट शिक्षा क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै राम तुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र पत्रकारिता क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै पत्रकार सीता डाेटेललाई नगद सहित सम्मान गरेकाे छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
