

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित भई पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन् । पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए । गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन् । पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए । गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको रोजाइमा परेपछि भूमि मन्त्रालयबाट गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा पुगेका थिए । गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
नेपाली काँग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री खाँण धरौटीमा रिहा भइसके पनि सचिव पाण्डे भने जेलबाटै अवकाश भएका छन् । पाण्डे अनिवार्य अवकाशमा गएसँगै राजपत्रांकित बिशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भएको छ । लोक सेवा आयोगका अध्यक्षतामा रहेको सचिव बढुवा समितिको आगामी बैठकले बरिष्ठतम तीन सहसचिवलाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ । बरिष्ठताको आधारमा अहिले पहिलो नम्बरमा सहसचिव मदन भुजेल, दोस्रो नम्बरमा बिरेन्द्र यादव र तेस्रो नम्बरमा चन्द्रकला पौडेल रहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
