गोविन्द भुसाल, बुटवल । सामान्यतया पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । तर कोभिडको महामारीपछि भने नेपालमा पर्यटन क्षेत्र केही खस्किएको महसुस भने धेरैले गरेको पाइन्छ ।
संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८००० मिटर भन्दा माथिका हिमाल हुनु, उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूर्णका हिम श्रृंखलाका साथै तराइका फाँट र घना जंगल हुनु, भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्ड लगायतका धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, रयाफटिङ, जंगल सफारी, लगायतका साहसीक गतिविधिको लागि उपयुक्त वातावरण हुनु आदिको कारणले नेपालमा पर्यटनको विकासको प्रचुर सम्भाव्यता भएको कुरामा दुईमत छैन ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि लुम्बिनी आसपासका क्षेत्रमा पर्यटकहरूको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको थियो तर सोछे अनुरुप पर्यटकहरू भने आउन नसकेको जानकारहरु बताउछन् ।
यसैबीच हामिले लुम्बिनी र आसपासको क्षेत्रमा पर्यटकहरूको संख्या वृद्धि गर्न के गर्नुपर्ला भन्ने प्रश्नमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लुम्बिनी आउने पर्यटकको सङ्ख्या कम हुनुको कारण यहाँ निर्माणाधीन अवस्थामा रहेका भौतिक पूर्वाधार को कार्य अस्तव्यस्त रहनु पनि एक कारण रहेको बताइन् ।
हालै मात्र लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने सन् २०२४ मा लुम्बिनी भर्मण गर्ने कुल पर्यटकको संख्या ११ लाख ७२ हजार २ सय ८२ रहेको छ । जसमा आन्तरिक पर्यटकको संख्या ७ लाख ५९ हजार ९ सय ९० रहेको छ भने छिमेकी रास्ट्र भारतबाट ३ लाख ८ सय ८९ रहेको छ ।
यसैबीच अन्य मुलुकबाट लुम्बिनीमा आउने पर्यटकको संख्या हेर्ने हो भने छिमेकी देश चिनबाट १३ हजार १२ , श्रीलंकाबाट २३ हजार ५ सय ६९ , थाइल्यान्डबाट २१ हजार ४ सय ९६ , म्यानमारबाट १० हजार ५ सय १२ भेतनामबाट ८ हजार ५ सय , दक्षिण कोरियाबाट ४ हजार ६ सय ४६ सहित १ सय १० देशबाट कुल १ लाख ११ हजार ४ सय ३ जना पर्यटकहरुले लुम्बिनी भर्मण गरेका छन् ।
कुल पर्यटक आगमनमा प्रमुख पर्यटन बजार छिमेकी भारत, श्रीलंका , थाइल्यान्ड , म्यानमार, भेतनाम, उत्तरी छिमेकी चीन , दक्षिण कोरिया सहित १ सय ११ वटा देशबाट लुम्बिनी घुम्न आउने पर्यटक संख्या आशातित हिसाबमा बढेको तथ्यांक लुम्बिनी विकास कोषले सार्वजनिक गरेको छ ।
तर, लुम्बिनी विकास कोषले भारत, श्रीलंका , थाइल्यान्ड, म्यानमार, भेतनाम , दक्षिण कोरिया , चीन र अमेरिकासहित विस्वभरबाट जति पर्यटक आगमनको आशा गरेको छ । त्यति मात्रामा भने पर्यटकहरु आउन नसकेको पनि तथ्यांकमा देखिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।