• तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह

  • काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

    आज काठमाण्डाैमा काेटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जा आफ्नाे उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद रहेको बताउनुभएकाे हाे । उहाँले अहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताउनुभयो ।

    यस्तै मेयर शाहले मुआब्जाका लागि पालिका सरकार र सङ्घ सरकारलाई दबाब दिन जग्गाधनीहरूलाई सुझाव दिनुभयो । उहाँले तीनकुनेकाे जग्गा सरकारले लुटेर राखेको भन्दै कुनै नेताले प्रक्रिया अघि बढिरहेको भनेमा नपत्याउन आग्रह गर्नुभयो ।

    मेयर शाहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

    यस्तै कार्यक्रममा काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयाे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय