काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा निर्मित पोखरा विमानस्थल खराब ऋणमा परेको भन्दै यसबाट प्रतिफल नआउने निस्कर्ष निकालेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठस्थित बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले चीनको खराब ऋणको उदाहरण पोखरा विमानस्थल रहेको सुनाए ।
‘पोखरा विमानस्थल खराव ऋणमा पर्यो, प्रतिफल नआउने सुनिश्चित देखिइसक्यो’, उनले भने । कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता, उपनिर्वाचन लगायत विषयमा छलफल गर्न आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।
बैठकमा बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहोर्यायो ।परियोजना अगाडि बढेपछि बीआरआई अन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ । ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निष्कर्ष कांग्रेसले सुनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।