गोविन्द भुसाल , बुटवल । “व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सिदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार ” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवमा दर्शकको उत्साहजनक भिड बढेपछि दोस्रो तिलोत्तमा महोत्सव २ दिनका लागि थप गरिएको महोत्सवका संयोजक तथा तिलोत्तमा व्यापार संघका अध्यक्ष तेज प्रसाद न्यौपानेले जानकारी दिए ।
यस महोत्सवलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले समुद्घाटन गरेका थिए ।
महोत्सवमा बालउद्यान , विभिन्न घरायसी सामानका स्टलहरु , लत्ताकपडाका स्टलहरु , होटलका स्टलहरु , अटोमोबाइलसंग सम्बन्धित स्टलहरु , बैंक वित्तीय सस्थाका स्टलहरु गरि ३०० भन्दा बढी स्टल रहेको मेलाका व्यवस्थापक राधाकृष्ण इभेन्ट म्यानेजमेन्ट प्रा.लि का अध्यक्ष सुमन पन्थीले बताए ।
दोस्रो तिलोत्तमा महोत्सव मणिग्राम-५ मा रहेको प्रदशनी मण्डपमा मंसिर ६ गतेदेखि सुरु भएको हो । भने यो महोत्सव मंसिर २० गतेसम्म संचालन हुने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।