गोविन्द भुसाल, बुटवल । दोस्रो तिलोत्तमा महोत्सवको आइतबार चर्चित र्यापर लाहुरेको टिम र चर्चित गायक पशुपति शर्मा आउने भएका छन् । उनीहरुसंगै गायक कृष्ण भट्टराई ,गायिका चेतना थापा , गायिका दुर्गा नेपाल , गायक श्रीकृष्ण अर्याल, डि जे सुरजसहित स्थानीय कलाकारको बजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा तिलोत्तमा व्यापार संघका अध्यक्ष तेज प्रसाद न्यौपानेले जानकारी दिए ।
यस्तै शनिबार चर्चित गायिका ज्योति मगर र गायक कृष्ण रेउलेसंगै गायक दामोदर बस्याल, हास्यकलाकार माइला बा , डान्सर तथा मोडल आशिका थापा , डि जे सुरजसहित स्थानीय कलाकारको बजोड प्रस्तुति रहेको थियो ।
यस्तै महोत्सवका सास्कृतिक संयोजक तेज प्रसाद पाण्डेले डान्स र गायनतर्फका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने बताए । खुल्ला गायन तथा खुल्ला नृत्य प्रतियोगिताको कार्यक्रमलाई गायक तथा उद्घोषक दिपु मगर र विविध सास्कृतिक कार्यक्रम शोभा त्रिपाठीले संचालन गर्नेछन् ।
“व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सिदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार ” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले समुद्घाटन गरेका थिए ।
दोस्रो तिलोत्तमा महोत्सव मणिग्राम-५ मा रहेको प्रदशनी मण्डपमा मंसिर ६ गतेदेखि सुरु भएको हो । भने यो महोत्सव मंसिर १८ गतेसम्म संचालन हुने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।