गोविन्द भुसाल, बुटवल । दोस्रो तिलोत्तमा महोत्सवको पाँचौ दिन चर्चित लोक तथा दोहोरि गायक खुमन अधिकारी आउने भएका छन् । अधिकारीसंगै गायिका सीता राना , जादुगर राजेन्द्र गिरि , गायक सुशील आचार्य , विस्वकै होचो मान्छे मनोज गोर्खाली, डि जे सुरजसहित स्थानीय कलाकारको बजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा तिलोत्तमा व्यापार संघका अध्यक्ष तेज प्रसाद न्यौपानेले जानकारी दिए ।
आइतबार अर्थात चौथोदिन चर्चित गायक बैकुण्ठ महत, गायिका एन्जिला रेग्मी , गायक मिसन मगर , गायिका कोपिला न्यौपाने , डिजे सुरजलगायतको प्रस्तुति रहेको थियो ।
यस्तै महोत्सवका सास्कृतिक संयोजक तेज प्रसाद पाण्डेले डान्स र गायनतर्फका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने बताए । खुल्ला गायन तथा खुल्ला नृत्य प्रतियोगिताको कार्यक्रमलाई गायक तथा उद्घोषक दिपु मगर र विविध सास्कृतिक कार्यक्रम नारायण लेकालीले संचालन गर्नेछन् ।
“व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सिदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार ” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले समुद्घाटन गरेका थिए ।
दोस्रो तिलोत्तमा महोत्सव मणिग्राम-५ मा रहेको प्रदशनी मण्डपमा मंसिर ६ गतेदेखि सुरु भएको हो । भने यो महोत्सव मंसिर १८ गतेसम्म संचालन हुने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।