• अमेरिकामा स्कटल्याण्डसँग अन्तिम खेल खेल्दै नेपाल, सुखद अन्त्यको आश

  • काठमाडौं । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित श्रृङखला अन्तर्गत नेपालले आज चौंथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल टेक्सासको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ ।

    अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । नेपाल श्रृङखलाको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका भ्रमण सकाउने लक्ष्यमा छ ।स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ।स्कटल्याण्डलाई नेपालले १ सय ५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १ सय ५७ रन बनाउँदै जित निकालेको थियो।

    तर, अमेरिकाविरुद्धको दुबै खेलमा नेपाल पराजित भएको छ । नेपाल पहिलो खेलमा ३ विकेटले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो। लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ ।

    लिग २ मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेट रनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ । स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ । नेपालभन्दा पछि यूएई मात्र छ । यूएईले ९ खेलमा २ खेल जित्दै ४ अंक जोडेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय