• विपक्षी दलहरुले प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउँदै

  • काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै छन् । आज दिउँसो ४ बजे विपक्षी दलहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । पछिल्लो समय विपक्षी दलहरु एकै ठाउँ उभिएका छन् । सरकारका काम कारबाहीका विषयमा समीक्षा बैठक गरेका उनीहरुले आज ज्ञापन पत्र बुझाउन लागेका हुन् । 

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको संयुक्त बैठकले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। विपक्षीदलका प्रतिनिधिले अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेका हुन् । उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने बताएका छन् ।

    माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा बनाएको छ । विज्ञले बेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठूलो क्षति भएको प्रतिपक्षीले निष्कर्ष निकालेको छ । ज्ञापनपत्रमा पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने रास्वपा नेता शिशिर खनालले जानकारी दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस