• दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत, तर सटही २५ अर्बले घट्यो

  • काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ । तर नोट सटहीको चाप भने घटेको छ । गएको वर्ष राष्ट्र बैङ्क काठमाण्डौ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै चार अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो ।

    राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट भन्डै दुई अर्ब र अन्य बैंकबाट पनि त्यहि बराबरीको नोट सटही भएको अनुमान गरिएको छ ।

    नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट व्यहोर्न नपरेको पनि उहाँको भनाई छ । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि झन्डै डेढ अर्ब रुपैयाँ खर्च लागेको थियो ।

    “देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभएपनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ ।” यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी अहिले चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको नीतिअनुरुप यस वर्षको मुख्य चाडपर्वमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुने भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस