• साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

  • काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताउनुभएको छ । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले सानो कारोबारलाई निःशुल्क गर्न पहल गर्ने बताउनुभएको हो ।

    यस विषयमा सेवाग्राहीबाट फेसबुकमार्फत आफूलाई जानकारी आएको सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले समस्याहरू सरकारलाई यसरी नै जानकारी गराउन र झकझकाउन आग्रह गर्नुभएको छ ।

    इन्टरनेटको सहजसँगै सानो सानो कारोबार नगदरहित हुन थालेको तर मोबाइल बैंकिङ ट्रान्सफर गर्दा अतिरिक्त शुल्क लाग्ने गरेको गुनासोपछि प्रधानमन्त्री ओलीले सरकारले डिजिटल कारोबारमा सहजतातर्फ काम गर्दै जाने बताउनुभएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस