• इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित

  • काठमाण्डाै – नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित हुनुभएको छ ।

    गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ३२ मतले पराजित गर्नुभयो । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गर्नुभयो ।

    उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस