• ट्रकको ठक्करबाट महिलाको ज्यान गएपछि भक्तपुरको गठ्ठाघरमा तनाव

  • काठमाण्डौ – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको ज्यान गएको छ । ट्राफिक प्रहरीले जाँच गरिरहेको बेला रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

    ठक्करबाट महिलाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउने महिलाको परिचय खुलेको छैन । घटनापछि मानिसहरुले ट्रकमा तोडफोड गरेका छन् । ढुङ्गामुढा रोक्न पुगेको प्रहरी र आक्रोसित भीडबीच झडप समेत हुँदा तनाव भएको छ । अरनिको राजमार्ग अन्तर्गत गठ्ठाघर हुँदै चल्ने गाडी प्रभावित भएका छन् ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस