• नारायणघाट–बुटवल सडक खण्डमा फेरि पहिरो : सडक एकतर्फी सञ्चालनमा

  • काठमाण्डौ – पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा फेरि पहिरो झरेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको हो ।

    पहिरो झरेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएकोमा बिहान सामान्य पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एवम् प्रहरी उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हिजो दिनभर सडक मर्मतको काम भए पनि सकिएको थिएन ।

    आज बिहानैदेखि थप मर्मत गर्ने गरी हिजो सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर राति लेदोसहितको पहिरो झरेपछि राजमार्ग केहीबेर पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक दुईतर्फी नै सञ्चालनका लागि प्रयास भइरहेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस