• दरबारमार्ग–काठमाडौं प्लाजा जोड्ने सडक भासियो

  • काठमाडौं । काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् ।

    महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । सवारी आवतजावत नै नहुने गरी सडक भासिएको छ ।  प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस