• कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • काठमाण्डौ – पूर्वका कोशी र मधेस प्रदेशसहित गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । धेरैजसो ठाउँमा लगातार पानी पर्ने क्रम कम भएको तर कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । ती क्षेत्रका नदी तथा खोला तटीय क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

    पछिल्लो ६ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परेको हो ।

    पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस