• रेसुङ्गामा जिपलाईन र साईकलिङ्ग पर्यटन विकास सुरु

  • गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्रको पर्यटकिय विकासलाई नयाँ उचाईमा पुराउने गरी रेसुङ्गा नगरपालिकाले जिपलाईन र साईकलिङ्ग पर्यटन विकास सुरु गर्न थालेको छ ।

    रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले यस्तो जानकारी दिएका हुन । उनले तम्घासको नुनामारेबाट गडजुरा पार्क सम्म जिपलाईन र साईकलिङ्ग निर्माणका लागि टेण्डर भई सकेको खुशी जिल्लाबासीलाई बाँडे ।

    ‘एक करोड ९० लाख लागतमा डेण्डर भएको छ । साउनबाट काम सुरु हुन्छ ’उनले भने ‘तिन चार महिना मै काम सकिन्छ । यसबाट पर्यटन विकासले नयाँ उचाई लिनुका साथै रोजारी सिर्जना समेत हुने छ । ’

    यता तम्घासको उदिनढुङ्गा देखि पारी साखिनेडाँडा जोडने आकेशेपुल निर्माणको काम अन्तिम चरणमा पुग्नु अघि नै हेर्न रमाउन जानेहरुको भिड बढन थालेको छ ।
    गडजुराको रेसुङ्गा पार्क ६ करोडमा निर्माण सम्पन्न भए लगत्तै एकै दिन चौबिस पच्चीस सय जना मानिसले टिकट काटन थालेको मेयर पन्थीले बताए ।
    गत बर्ष देखि सुरु गरेको ‘जाँउँ हिड रेसुङ्गा ’ अभियान सोचे भन्दा सफल भएको पन्थीको दावि छ । उनले भने यस बर्ष हामीले एक लाख पर्यटक भित्राउने लक्ष्य लिएका थियो त्यो भन्दा नाघेको छ ।

    रेसुङ्गा संरक्ष समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले पनि गत एक बर्ष अहिले समकै बढि पर्यटकहरु रेसुङ्गामा भित्रिएको बताए ।
    उनले केहि महिना अघि अयोध्द्धाबाट साधुसन्त झिकाएर लगाईएको महायज्ञ पश्चात भारतिय पर्यटकहरु पनि पढन थालेको र यस बर्ष सबै जिल्लाका मानिसहरु दैनिक दुई तिन वटा बस र साना गाडीहरुमा आउने क्रम जारी रहेको बताए ।
    रेसुङ्गा नगरपालिकाका सुचना प्रविधी अधिकृत सुरेश खनालले रेसुङ्गा पार्कमा एकै दिनमा ७५ हजार सम्म राजश्व संकलन भएको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस