• समाजसेवी थापाद्धारा ईस्माका सहाराविहिन भुपाल घर्तीलाई सहयोग

  • गुल्मी । गुल्मीको ईस्मा गाउँपालिका वडा नं ४ का ३७ वर्षीय भुपाल घर्तीलाई समाजसेवी लिल बहादुर थापाले सहयोग सामाग्री प्रदान गर्नुभएको छ ।

    घर्ती भारतमा मजदुरीको क्रममा मेसिनमा खुट्टा परेपछि खुट्टा नै गुमाउनुपरेको थियो । हाल उनी शारिरिक रुपमा अपांगता छन् । उनको एउटा खुट्टा छैन ।

    भारतबाट मजदुरी गर्दै श्रीमतीलाई पैसा कमाउन्जेल उनी पनि साथमा थिईन । तर जब भुपालले एउटा खुट्टो गुमाए श्रीमतीले पनि उनलाई छाडिन् । छोराछोरी पनि नभएका उनी अहिले गाउँमा बेसहारा भएर एक्लो जीवन बिताईरहेका छन् । शारिरिक रुपमा अशक्त भएपछि उनलाई दैनिकी चलाउन समेत मुस्किल परिरहेको छ ।

    घर्तीको यो अवस्थाका बारेमा जिटिभि नेपालमा भिडियो सामाग्री प्रशारण भएको थियो । उक्त सामाचार सामाग्री हेरेपश्चात बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका क्रममा संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाले खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री प्रदान गर्नुभएको हो ।

    उक्त सहयोग सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले घर्तीको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस