सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो खसेको छ । २०७१ सालमा कयौँको ज्यान जानेगरी भिषण पहिरो गएकै स्थानमा आज (सोमबार) बिहान सुख्खा पहिरो झरेको हो ।
पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिबारे कुनै जानकारी आइसकेको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले २०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जानकारी दिए ।
२०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो । राम्चेको इटिनी भिर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय