• कोरोना कहर : ३२ दिनमा परिवारै सकियो, घरमा विधवा बुहारीमात्रै

  • एजेन्सी। कोरोना भाइरसको संक्रमण विश्वव्यापी भइसकेको छ । कोरोनाको दोस्रो लहरका कारण यतिबेला भारत विश्वमा सबैभन्दा बढी प्रभावित बनिरहेको छ ।

    कोरोना कहरमा मानिसको मृत्यु नभएका कुनै सहर अब बाँकी छैनन् । भारतको मध्यप्रदेश पनि कोरोनाबाट यसरी नै प्रभावित भएको स्थान हो। महाराष्ट्रको इन्दोरमा कोरोना संक्रमणको ३२ दिनमा चार जनाको एक परिवारका तीन जनाको मृत्यु भएको छ ।

    सासु–ससुरा र छोरा बुहारीको परिवार थियो । जसमा बुहारीबाहेक परिवारका तीन जनाको मृत्यु भएको छ । इन्दोरको इन्द्रलोक कोलोनीमा बस्ने अवनी जैनको विवाह ११ महिनाअघि अमन जैनसँग भएको थियो ।

    परिवारमा अवनी र अमनसँगै सासु डा.प्रियंका जैन र ससुरा उमेश जैन थिए । गत महिना परिवारका दुई सदस्य एक कार्यक्रममा सामेल भएका थिए। त्यसको केही दिनपछि प्रियंका जैन कोरोना संक्रमित भइन् । उनलाई अस्पताल भर्ना गरिएपनि उनको मृत्यु भयो ।

    त्यसको केही समयपछि उमेश जैन र अमन जैनको पनि स्वास्थ्यमा समस्या आयो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएपछि अब परिवारका केबल बुहारी अवनी जैनमात्रै जिवित छन्।

    अमन जैन निजी एक विश्वविद्यालयमा असिस्टेन्ट रजिस्ट्रार थिए भने उनकी आमा डा.प्रियंका शहरकी चर्चित शिक्षाविद् थिइन्। उमेश विज्ञापन एजेन्सीमा काम गर्दथे।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय