• एनटीसीमा एचडी भ्वाइस सेवा

  • नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ ।
    यो सेवाले फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिने नेपाल टेलिकमले जनाएको छ ।
    टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।

    सेवा लिन
    -मोबाइलमा *४४४#डायल
    -आउने निर्देशनअनुसार यो सेवा एक्टिभ
    -मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल

    प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस