व्यापारीले चीनबाट ल्याएको अक्सिजन खासा बजार आइपुगेको छ ।
नेपाली व्यापारीहरूले १० हजार थान सिलिन्डरसहित ८० गाडी स्वास्थ्य सामग्री मगाएका छन् । कोभिड– १९ नियन्त्रणका लागि आवश्यक सर्जिकल सामग्री चीनबाट खरिद गरेर ल्याइएको सिल्क ग्रुपले जानकारी गरनएको छ । एक हप्ताभित्र आवश्यक अक्सिजन सिलिन्डर काठमाडौं भित्रिने जानकारी गराइएको छ ।
दैनिक तीन हजारका दरले सिलिन्डर नेपालतर्फ पास हुनेछ । कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिरहेको र अस्पतालका बेडमा सिलिन्डर अभाव भएकाले जतिसक्दो छिटो गन्तव्यमा पुर्याउन हाइएलर्टमा रहेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारदमणि काफ्लेले जानकारी गराएका छन्। ‘ सामग्री जेकजाँच र लोड–अनलोडका लागि स्वास्थ्य प्राटोकल पूरा गरी भन्सार कर्मचारी, व्यवसायी र मजदुर लार्चादेखि मितेरीपुलसम्म ड्युटीमा खटिसकेकाे तातोपानी भन्सारले जनाएको छ ।
बाटोमा रहेका थप सिलिन्डरमध्ये करिब १० हजार थान शिवप्रसाद घिमिरे, दीपक माल्होत्रालगायत व्यवसायीले आयात गरेका छन् । एभरेस्ट ग्यासका सञ्चालक घिमिरेले चीनबाट साढे ६ हजार थान अक्सिजन सिलिन्डर मगाएका छन् ।
चीनबाट सिपिङ भइसकेका ती सिलिन्डर तातोपानी नाकामा आइपुग्ने चरणमा रहेको घिमिरेले बताए । ‘
व्यवसायी दीपक मल्होत्राले दुई हजार आठ सय थान अक्सिजन सिलिन्डर मगाएको बताए । १० लिटरदेखि ४० लिटर क्षमताका यी सिलिन्डर सिपिङ भइसकेको र केही दिनमै नेपाल आइपुग्ने उनले जानकारी गराएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।