काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा अक्सिजनसहितका आइसोलेसन सेन्टरहरू सञ्चालन आएका छन्।
मेडिकल अधिकारीसहितको स्वास्थ्यकर्मीको टिम राखेर नगर-स्तरीय आइसोलेसन सेन्टरहरू सञचालनमा ल्याइएको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए।
नगरप्रमुख गिरीले विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेसनमा २४ घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताललगायत उपत्यकाका अन्य अस्पतालहरूमा थप उपचारका लागि समन्वय गरिने उनको भनाई छ।
नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेसन सेन्टर सञ्चालन गरेका हाे। नगरपालिकाले नगर स्तरीय आइसाेलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडकाे अक्सिजनसहित सेवा प्रवाह गरिएकाे र आवश्यकताअनुसार थप गरी १०० बेड क्षमतासहित सञ्चालन गरिने व्यवस्था मिलाईएकाे मेयर गिरीले बताए।
चन्द्रागिरि वडा नम्बर ४ थानकोट प्राथमिक अस्पतालमा रहेकाे साविक काेभिड व्यवस्थापन चन्द्रागिरि वडा नम्बर ३ काे नवनिर्मित भवनमा ३० बेडकाे समुदायमा आधारित आइसाेलेसन सेन्टर स्थानान्तरण गरी आईतबारदेखि सञ्चालनमा आएकाे हाे। उक्त आईसाेलेसन सेन्टरकाे सञ्चालनका लागि विभिन्न संघ संस्था तथा व्यक्तिगत साथ सहयोग जुटेको छ।
चन्द्रागिरि १२ मा समुदायमा आधारित नहुँदा अस्पतालमा १५ बेडकाे आइसाेलेसन सेन्टरकाे व्यवस्थापनकाे अन्तिम चरणमा रहेकाे चन्द्रागिरि १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए।
मातातिर्थ अस्पतालमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको छ। कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उपचार पनि थालेको छ।
हाल ९८६ जना सक्रिय संक्रमित रहेको नगरपालिकाकाे स्वास्थ्य शाखाकाे तथ्यांकले जनाएकाे छ। चन्द्रागिरिमा वैशाख १ गतेसम्म नगरपालिकाकाे स्वास्थ शाखाबाट जारी सूचना अनुसार कुल ३ हजार ३ सय ७५ संक्रमित संख्यामा निकाे हुनेकाे सख्या २ हजार ३ सय ५१ जना र मृत्यु हुनेकाे संख्या ३५ जना पुगेकाे छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।