मुम्बई । बलिउड अभिनेता टाईगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यस अघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोश्रो लहर सुरु भएपछि यसको काम रोकियो । अहिले कोरोनाका कारण त्यहाँ लकडाउन जारी छ । तथापि उनी आन्तरिक रुपमा यो फिल्मका तयारी गर्दैछन् । फिल्मको लागि उनी फिटनेश र अन्य तयारीमा जुटेका छन् ।
तस यसैबीच फिल्मको नायिका परिवर्तन भएको छ । यस अघि सो फिल्ममा अभिनेत्री कृति सेननलाई लिईएको बताईएको थियो । विविध कारणले सो फिल्मबाट कृति बाहिरिएकी छिन् । यतीबेला फिल्म गणपतमा अर्की नायिका नोरा फतेही अनुबन्धित भएकी छिन् । डान्सरको रुपमा परिचय बनाएकी नोरा पछिल्लो समय नायिकाको रुपमा छाईरहेकी छिन् । फिल्मको कथामा नृत्य पनि महत्वपूण रहेकाले उनलाई अनुबन्धित गरिएको निर्माण पक्षको कथन छ ।
नोराले टाईगरसँग फिल्म गणपत मार्फत पहिलो पटक काम गर्दैछिन् । यसमा आफु निकै उत्साहित रहेको नोराको कथन छ । तर नोराको भूमिकाबारे अहिले खुलाईएको छैन ।
अभिनेता टाईगरका अघिल्ला फिल्म जस्तै यो फिल्म पनि एक्सन प्रधान हुने छ । फिल्ममा उनी जुझारु योद्धाको रुपमा प्रस्तुत हुनेछन् । बागी लगायतका उनका हरेक फिल्म एक्सन प्रधान नै छन् । सोही कारण उनी यो फिल्ममा पनि एक्सन प्रधान भूमिकामा प्रस्तुत हुन लागेको निर्माण पक्षको भनाई छ । फिल्मको छायाँकन मुम्बईमा लकडाउन खुलेर अबस्था सामान्य भएपछि सुरु गरिने भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।