काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।
२३ भदौमा सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।
एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट पारित गरेको छ । सरकारले अन्य विधेयक भने यो अधिवेशनमा अघि नबढाई संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय