पोखरा। पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भित्ता भत्किँदा पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएर गम्भीर घाइते भएकी थोकरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिई घटनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय