• अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

  • काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्र अनुगमनक्रममा लुकाइछिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जना पक्राउ परेका छन् ।
    काठमाडौं प्रशासन, महानगरीय अपराध महाशाखा, औषधी व्यवस्था विभाग र वाणिज्य विभागको संयुक्त टोलीले अनुगमनक्रममा उनीरूलाई मंगलबार पक्राउ गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयले बिलबिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

    पक्राउ परेकाबाट ८ सय ६५ स्थान अक्सोमिटर बरामद भएको काठमाडौं प्रशासनद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।
    पक्राउ परेका सातै जनालाई कानुनी कारबाही अघि बढेको जनाइएको छ । पछिल्लो समय अत्याश्यक वस्तु अभाव सिर्जना तथा कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ ।

    त्यस्तै, प्रहरीले बढी भाडा लिनेलाई पनि पक्राउ गरी कारबाही गरिरहेको छ । अक्सिजन सिलिन्डर संकलन अभियानसमेत चलाइएको छ । अस्पतालले चर्काे शुल्क लिने गरेको गुनासो आएपछि अनुगमन तीव्र पारिएको प्रशासनले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय