• आज पनि देशभर पानी पर्ने

  • काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसकारण आज सोमबार दिउँसो देशभर बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ , बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय