काठमाडौं । नेकपा एमालेमा गत असारमा भएको १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।
१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले शुक्रबार स्थायी कमिटी बैठकमा राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि नबढेको भन्दै रावलले राजीनामा दिएका हुन्।
कार्यदलमा भएको छलफल र पार्टीको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नभएको उनले बताए ।
स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिबारे फरक मत राखेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय