• बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ जना बेपत्ता

  • केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

    मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना बेपत्ता भएका जनाइएको छ ।

    बेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, ६ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।

    उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय