• योगेश भट्टराई अस्पताल भर्ना

  • नेकपा (एमाले) सचिव योगेश भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई उच्च ज्वरो आएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना गरिएको हो ।

    उनका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेको तर ज्वरो कम नभएपछि आज दिउँसो वीर अस्पतालमा भर्ना गरिएको हो ।

    भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको तर उनको कोरोना परीक्षण रिपोर्ट भने ‘नेगेटिभ’ आएको उनले बताए । चिकित्सकले केहीदिन भेटघाट बन्द गर्न सुझाव दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय