एजेन्सी । भारतले रुसको सहयोगमा हाइपरसोनिक मिसाइल बनाइरहेको एक अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।
अमेरिकाको स्वतन्त्र कांग्रेसियल रिसर्च सर्भिस (सीआरएस) को हालैको रिपोर्टमा अमेरिका, रुस र चीनसँग अत्याधुनिक हाइपरसोनिक हतियार रहेको उल्लेख गर्दै भारत, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता देश पनि हाइपरसोनिक हतियारको प्रविधि विकसित गरिरहेको उललेख गरिएको छ ।
सीएसआरका अनुसार अस्ट्रेलियाले हाइपरसोनिक हतियारका लागि अमेरिकासँग सहकार्य गरेको छ भने भारतले रुसको सहयोगमा हतियार निर्माण गरिरहेको छ।
रिपोर्टका अनुसार भारतले ७ हाइपरसोनिक क्रुज मिसाइल बनाउनका लागि रुससँग साझेदारी गरेको छ ।
रिपोर्टमा भनिएको छ, ‘भारत आफ्नो ‘हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेइकल’ कार्यक्रम अनुसार स्वदेशी र दोहोरो क्षमता भएका हाइपरसोनिक मिसाइल बनाइरहेको छ ।’
भारतले मार्च २०१९ र सेप्टेम्बर २०२० मा म्याक स्क्रेमजेट–६ को सफल परीक्षण गरेको थियो । यस रिपोर्टअनुसार भारतमा करिब १२ हाइपरसोनिक ‘विन्ड टनेल’ छन् ।
जहाँ ‘माक–१३’ (करिब १६ हजार ५२ किलोमिटर प्रतिघन्टा) को गतिमा हाइपरसोनिक मिसाइल परीक्षण गर्न सकिन्छ ।
हाइपरसोनिक मिसाइल ध्वनीको गतिभन्दा पाँच गुणा तीव्र गतिमा गएर लक्ष्यमा प्रहार गर्नसक्छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।