• तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

  • काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । 

    प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ । 

    यसैबीच, आज काठमाडौंमा दिनभर मौसम बदली हुने छ । यद्यपि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “काठमाडौंमा अझै केही दिन मौसम बदली हुने छ । तर पानी पर्ने सम्भावना भने छैन,” उनले भने, “आइतबारसम्म बदली हुने छ । बादल लाग्ने र घाम लाग्ने भइरहन्छ । सोमबारबाट मौसममा सुधार आउने छ ।”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय