• उद्धार, राहत र बजेट व्यवस्थापन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन्।

    सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए।

    उक्त मागपत्रका बारेमा प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताए।

    थलारा हेलिकोप्टर अवतरण हुन सकेन

    बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङको थलारा गाउँपालिका–४ डिख्ला जाने कार्यतालिका रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन सकेन ।

    प्रधामन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे जानकारी लिए।

    प्रधानमन्त्रीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय