• देशभर थपिए ६६२ संक्रमित, १३ जनाको मृत्यु

  • काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ जनामा कोरोना परीक्षण गर्दा ६६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ५७९ रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ वटा रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की छन् भने मुस्ताङ र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ।

    पछिल्लो २४ घण्टामा ७५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८४ हजार १५५ सङ्क्रमणमुक्त भएका छन् ।

    यसैगरी कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भएको छ ।

    होम आइसोलेशन १० हजार ७७२, संस्थागत आइसोलेशनमा ८०७ जना, आइसीयूमा २७६ र भेन्टिलेटरमा १०४ जना रहेका छन् ।

    आज नौ हजार ८०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६८ हजार २६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय