• बाढीपहिरोबाट देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

  • काठमाडौं । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ७७ जनाको मृत्यु भएको छ ।

    यसैगरी देशभर २७ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् ।

    सबैभन्दा बढी पाँचथरमा २४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ भने ६ जना घाइते भएका छन् ।

    पाँचथरपछि सबैभन्दा बढी इलाममा १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । यस्तै ३ जना बेवत्ता भएका छन् ।

    यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

    यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक÷एक जनाको मृत्यु भएको छ ।

    बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस